२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुमतको सरकार कमरेडहरूलाई नपचे जस्तो छ : भट्टराई



file
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दुई तिहाई बहुमतको सरकार कमरेडहरूलाई नपचेको टिप्पणी गरेका छन् । बिहिबार सामाजिक सञ्जाल ट्विटमा नेकपालाई लक्षित गर्दै दुई तिहाई बहुमतको सरकार कमरेडहरूलाई नपचेजस्तो छ भन्ने टिप्पणी गरेका हुन् ।

डा भट्टराईले लेखेका छन्, ‘कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ । त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौं र खबरदारी गरौं– यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !'