१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

‘नेपाली स्टार्टअपको पहुँच र विदेशी मुद्रा आर्जन गर्न काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्छ’

‘नेपाली स्टार्टअपको पहुँच र विदेशी मुद्रा आर्जन गर्न काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले अन्तर्राष्ट्रिय बजारमा नेपाली स्टार्टअपको पहुँच र वैदेशिक मुद्रा आर्जनको लागि काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हाल नेपालमा ५०० भन्दा बढी स्टार्टअप दर्ता भइसकेको र सन् २०३० सम्म १० हजार स्टार्टअप र एक सय भन्दा बढी युनीकर्न कम्पनी दर्ता हुने र ५० हजार भन्दा बढी रोजगारी सिर्जना हुने अनुमान रहेको बताउनुभयो । उहाँले यस्ता लक्ष्यहरू हासिल गर्न एन्जल इन्भेस्टर्स, भेन्चर क्यापिटल, क्राउडफन्डिङ, प्राइभेट इक्विटी जस्ता आधुनिक लगानी मोडेलको उपस्थिति आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सरकारले च्यालेन्ज फन्ड वा सीड फन्ड स्थापना गरी उत्प्रेरकको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । शाक्यले सामाजिक र वातावरणीय प्रभाव पार्ने व्यवसायमा लगानी प्रवद्र्धन गर्न इमप्याक्ट इन्भेष्टिङको अवधारणा लागु गर्नुपर्ने बताउँदै यसको सफल कार्यान्वयनको लागि मेन्टरसीप नेटवर्क, सहकार्य, स्थान, डिजिटल साक्षरता, उद्यमशीलता, तालिम र नेतृत्व विकासमा जोड दिनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाल नेपालमा ५०० भन्दा बढी स्टार्टअप दर्ता भइसकेका छन् । सन् २०३० सम्म १० हजार स्टार्टअप र एक सय भन्दा बढी युनीकर्न कम्पनी दर्ता हुने र ५० हजार भन्दा बढी रोजगारी सिर्जना हुने अनुमान छ । यस्ता लक्ष्यहरू हासिल गर्न एन्जल इन्भेस्टर्स, भेन्चर क्यापिटल, क्राउडफन्डिङ, प्राइभेट इक्विटी जस्ता आधुनिक लगानी मोडेलको उपस्थिति आवश्यक छ । सरकारले च्यालेन्ज फन्ड वा सीड फन्ड स्थापना गरी उत्प्रेरकको भूमिका खेल्नुपर्छ । साथै, सामाजिक र वातावरणीय प्रभाव पार्ने व्यवसायमा लगानी प्रवद्र्धन गर्न इमप्याक्ट इन्भेष्टिङको अवधारणा लागु गर्नुपर्छ । यसको सफल कार्यान्वयनको लागि मेन्टरसीप नेटवर्क, सहकार्य, स्थान, डिजिटल साक्षरता, उद्यमशीलता, तालिम र नेतृत्व विकासमा जोड दिनुपर्छ । बजेटले यस विषयमा सम्बोधन गर्नुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली स्टार्टअपको पहुँच र वैदेशिक मुद्रा आर्जनको लागि काठमाडौँमा क्षेत्रीय इनोभेसन हब स्थापना गर्नुपर्छ ।” 

उहाँले सबै वित्तीय संस्थाहरूले अनिवार्य रूपमा केही निश्चित प्रतिशत भेन्चर क्यापिटलमा लगानी गर्नुपर्ने व्यवस्थाबारे बजेटमा सम्बोधन हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।