१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्दै नबसी स्थगित भयो संसद बैठक



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत तीन बुँदे मागलाई यथावत् राख्ने निष्कर्ष निकालेपछि सूचना टाँस गरेर आइतबार दिउँसो एक बजे बस्ने गरी तोकिएको हो ।

संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो ।

त्यसलगत्तै सभामुख घिमिरेले अर्को बैठक आइतबार बस्ने गरी तोकेका हुन् ।