२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कांग्रेस सभापति देउवाको आक्रोश : हामीले सबै ठाउँमा जितेका थियौं, नेविसंघ कहाँ छ आज ?

कांग्रेस सभापति देउवाको आक्रोश : हामीले सबै ठाउँमा जितेका थियौं, नेविसंघ कहाँ छ आज ?
अ अ+ अ-

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्व प्रति आक्रोशित हुनुभएको छ ।  

नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित हुनुभएको हो ।

उहाँले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभयो ।

अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित हुनुभयो । पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफुसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो ‘राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस । जहाँ पनि हारेको हार्यै छ नेविसघं लाजपनि छैन् । हामी सबैठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीपनि नेविसंघ देखिदैन । गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन् । त्यही नेविसंघ त हो नी पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भने । एबाबा गाउँमा बोलाउ गाउँमा । स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन् । अनि हारेको हार्यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन् । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?’

उहाँले अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबिच कुरा गरी समस्याको समाधान निकालिने बताउनुभयो । उहाँले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताउनुभयो ।

आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोहीपनि विद्यार्थी नेताहरु भविश्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको कुरा केही होइन सबैकुरा हुन्छ । नेविसंघको पूर्णता हुन्छ । नेपाली कांग्रेसको अधिवेसनको काम भइरहको हुन्छ । त्यस कारणले दुई साइडको कुरा हुँदै गर्छ । हाम्रा केही समस्याहरु छन । बहिरपट्टी जाँदैन् । विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेननी । आफुलहरु झगडा गर्यागर्यै छन । म नेविसंघको सभापति पनि हुँ । तीन पल्ट प्रधानमन्त्री भइसके चार पल्ट भइसे । तपाईहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले लाजपनि छैन यहाँ ।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टार्सिर बसिराखेको छ । लाजपनि छैन । बोल्दा खेरीपनि भ्यालु पनि छैन् । कहाँ डिस्ट्यान्सिङ छ यहाँ । त्यसकारणले खतरा हुन गएको छ यो । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन् । सोसल डिस्ट्यान्सिङ गर्नुस यस्तो टासिएर बसेर हुन्छ ?’

उहाँले कहिलेकार्ही कार्यक्रम नगरेपनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम गरेर बर्ता हुनुपर्ने, भाषण गरिहाल्नु पर्ने भन्दै नेविसंका नेतृत्वलाई थर्काउनुभयो ।