३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता



अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्धका विविध आयाम तथा नेपाल–रूस सम्बन्धको सुदृढीकरणका लागि आगामी सम्भावित सहकार्य सम्बन्धमा महत्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर मित्रवत् सम्बन्ध रहिआएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ । नेपालले रूससँगको साझेदारीलाई विशेष महत्व दिएको छ ।” उहाँले नेपालमा पूर्वाधार तथा मानवसंशाधन विकासमा रूसले लामो समयदेखि सहयोग पु¥याउँदै आएको स्मरण गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले नेपाल–रूस सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ आयाम थपिँदै द्विपक्षीय सम्बन्धलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल–रूस साझेदारी वाणिज्य, प्रविधि, शिक्षा तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा विस्तार गर्न सकिने बताउँदै नेपाल सरकार त्यसका लागि सक्रिय रूपमा पहल गरिरहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले आगामी रूस दिवस अवसरमा महामहिम राजदूतमार्फत रूसी जनताको सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

नेपालका लागि रुसी महासङ्घका महामहिम राजदूत एलेक्सी नोभिकोभले नेपाल–रूस सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । रासस