१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी

प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी
अ अ+ अ-

काठमाडौँ। विश्व वातावरण दिवसको अवसरमा तारागाउँ सांस्कृतिक केन्द्रमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ प्वाइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।

वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि काम गर्दै आएको सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको प्रदर्शनी भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गर्नुभएको हो ।

लोखान्डवालाले विश्वव्यापी पारिस्थितीको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । उनका अनुसार प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ ।

प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ शीर्षकमा प्रस्तुति दिनुभयो । शरीरमा रातो माटो पोतेर भूमिसँग साक्षातकार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गरेको थियो । प्रदर्शनीको अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ ।

विश्वमा भइरहेको तापक्रम वृद्धिको सामना गरिरहेको यथार्थमाथि केन्द्रित प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराएको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा १२ जना अन्तरराष्ट्रिय तथा नेपाली कलाकारले आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय सङ्कटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाएको छ ।

उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जङ्गललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गरेको छ ।

उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ जीवन दिने प्रयास गरेको छ । मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गरेको छ ।

त्यस्तै, समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले सहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनिमार्फत प्रतिविम्वित गरेको छ ।  अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक शृङ्खलामार्फत प्रस्तुत गरेका छन् ।

मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ले पहाडको ढुंगाबाट बालुवा हुँदै कङ्क्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको छ । जोआना मोलको ‘४००४’ले माइक्रोचिप निर्माण प्रक्रियालाई कीराको जनसङ्ख्यामा आएको गिरावटसँग जोडेर डिजिटल रुपमा देखाइएको छ ।

समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्रलाई क्रिस जोर्डनले उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन् । सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गर्नुृभएको छ ।

साथै, रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स एण्ड को सोनिकमार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गर्नुभएको छ ।

प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ । तीन महिनासम्म चल्ने प्रदर्शनी अवलोकन गर्न विद्यार्थीका लागि रु २०० र अन्यका लागि रु २०० शुल्क तोकिएको छ । रासस