५ असार २०८२, बिहीबार
,
Latest
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइनः रास्वपा सांसद झा भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साँठगाँठ गरेका छैनौँः उपमहासचिव पुन अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः सांसद गिरी भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले उठाएको माग अनावश्यकः प्रमुख सचेतक घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार परियोजनाको एक खर्ब १७ अर्ब लगानी स्वीकृत



अ+ अ-

काठमाडौँ। लगानी बोर्डको ६४औँ बैठकले विभिन्न चार परियोजनाका लागि एक रू खर्ब १७ अर्ब ४० करोड लगानी स्वीकृत गरेको छ ।

आज बसेको बोर्ड बैठकले बझाङको माथिल्लो सेती जलविद्युत् परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत् परियोजना (४४ मेगावाट) तथा छिलुङ खोला जलविद्युत् परियोजना (४३.२ मेगावाट) क्षमताका परियोजनाको रु ५९ अर्ब ७६ करोड लगानी स्वीकृत गरेको हो ।

त्यस्तै मुक्तिनाथ केबलकार परियोजना (८१.०४१  किमी) को रु ५७ अर्ब ६४ करोड बराबर लगानी स्वीकृत भएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकले बझाङको माथिल्लो सेती जलविद्युत् परियोजना तथा मुक्तिनाथ केबलकार परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) को शर्तलगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा अलग अलग वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको परियोजना प्रस्तावका रुपमा प्राप्त आइसिटी पार्क परियोजनालाई स्वीस च्यालेञ्जको अवधारणाअनुरुप प्रतिस्पर्धा गराई अगाडि बढाउने निर्णय गरेको छ ।

साथै बैठकले पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना (८०० मेगावाट) को भारतीय जलविद्युत् कम्पनी एनएचपिसी लिमिटेडबाट प्राप्त अन्तिम विस्तृत परियोजना प्रतिवेदन जानकारी लिँदै परियोजना सम्बन्धमा विभिन्न वित्तीय ढाँचाबारे थप अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसैगरी आजको बैठकबाट नेपालमा रेलमार्गसम्बन्धी क्षेत्रमा सहकार्य गर्न कोरियन रेल बोर्ड कर्पोरेसनसँग समझदारी गर्न समझदारीपत्रको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णयसमेत गरिएको छ । रासस