२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गर्नुभएको छ ।

नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गुणस्तरीय मह उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । गुणस्तरीय मह उत्पादन गरेपछि बजारीकरणको समस्या नहुने बताउनु भयो । वित्तीय संस्थाहरुले लगानीका लागि वातावरण तयार गरिदिने हो भने मह उत्पादनका लागि समस्या नहुने उहाँको भनाइ छ । मह उत्पादक किसानलाई परेको समस्याको समाधान गर्नका लागि सरकारले आवश्यक काम गर्ने प्रतिवद्धता जनाउनु भयो । आफूले उत्पादन गरेको चिजलाई प्रोत्साहन दिनुपर्ने बताउनु भयो । महमा आत्मनिर्भर हुन जरुरी रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘उत्पादनमा जोड दिनुस् । उत्पादनमा जोड दिइसकेपछि बजारीकरणको समस्या रहँदैन । बजारीकरणको समस्या हामी समाधान गर्नसक्ने अवस्थामा पुग्नसक्छौँ । मह उत्पादन गर्ने साथीहरुले वित्तीय संस्थाहरुले पनि लगानीका लागि वातावरण तयार गरिदिने हो भने उत्पादनका लागि समस्या हुँदैन । उत्पादनमा चरणको समस्या छ । राजनीतिक रुपमा आएको संघीयताले पेशा व्यवसयाय गर्न पनि समस्या पा¥यो भन्ने सन्दर्भ पनि आएको छ । त्यस्तो असजिलो परिस्थिति उत्पन्न हुन दिनु हुँदैन । यसको लागि राज्यले गर्नसक्ने गर्छ ।’

मन्त्री अधिकारीले गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता गर्न नपर्ने बताउनु भयो । उहाँले मिसावट भएको खण्डमा भने बजारको अभाव रहने बताउनु भयो । मेला आजबाट जेठको २४ गतेसम्म सञ्चलन हुनेछ ।