२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछन् : मन्त्री भट्टराई

होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछन्  : मन्त्री भट्टराई
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभयो । अहिलेको पर्यटक-ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उहाँले बताउनुभयो ।

व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उहाँले बताउनुभयो । भोलि होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मान्छे आएर बस्नुपर्यो, मान्छे बस्नुपर्यो । पर्यटकहरु आउनुपर्यो । आन्तरिक पर्यटक पनि आउनुपर्यो । होटलमा बस्न सुरक्षित छैन् । सामाजिक दुरी छैन् । अरु उपायहरु अवलम्बन भएको छैन भने होटल खोलेर मात्रै को आउँछ ? त्यसैले प्रत्येक पर्यटकिय क्षेत्रहरुलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ । सबै ठाउँमा पुगेको छ ।  सबै होटल व्यवसायीहरुले त्यो अनुसार आफुलाई तयारीमा राख्नुपर्यो ।’’  

व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

एयरलाइन्सहरुले पनि आवश्यक प्रोटोकल बनाएका छन् । तर सञ्चालनका लागि केही समय अझै लाग्ने उहाँले बताउनुभयो । होटल र एयरलाइन्ससँग अरु कुराहरु पनि जोडिएको उहाँले बताउनुभयो । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने बताउनुभयो । निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लक डाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको उहाँले बताउनुभयो । सरकारी र निजी क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उहाँले बताउनुभयो । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिनुपर्ने संकट उत्पन्न भएको उहाँको भनाई छ ।

स्वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको उहाँले बताउनुभयो । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादीत ओम्नी समुहले अहिलेसम्म ढुवानी बाफतको रकम एयरलाइन्सलाई दिएको छैन् ।

उहाँले भन्नुभयो, ‘‘टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी रहेको छ । एयरलाइनसले पाउन बाँकी छ । हामी लिन्छौँ । नेपाल एयरलाइन्सले छिन्छ । छट्टै लिन्छौँ । ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयमसेवा गर्ने ? ओम्नी समूहले पैसा तिर्नुपर्छ त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलाय हुन्छ ।’’ 

कोरोना पुर्याएको क्षति पछि कसरी पुनस्र्थापना गर्ने भन्ने विषयमा आवश्यक छलफल चलिरहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमाफर्त ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको उहाँले बताउनुभयो । १ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने अहिले २० करोडको एउटा कोष बनाइएको बताउनुभयो ।