२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

महिला हिंसा बढ्यो

महिला हिंसा बढ्यो
अ अ+ अ-

बाँके । बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ । 

त्यसमध्ये ४४ जना महिला पीडित छन् । आठ जना पुरुषले घरेलु हिंसामा परेको उजुरी दिएका छन् । ठाडो उजुरी धेरै आए पनि त्यस्ता उजुरी मुद्दा प्रक्रियामा गएका छैनन् । जिल्लामा एक जना महिलाले मात्रै घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेका छन् भने यो अवधिमा सात वटा जबरजस्ती करणीका घटना भएका छन् । त्यसमा पाँच बालिका र दुई महिला पीडित छन् । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेको इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले घरभित्र र आफन्तबाट हिंसा भोगेका महिला धेरै आएको बताउनुभयो । “प्रहरीमा घरेलु हिंसा पीडित महिलाहरू ठाडो उजुरी लिएर आउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर मुद्दा प्रक्रियामा जाँदैनन् । छलफल र मेलमिलापमा जाने गरेका छन् । यस अवधीमा दुई बालक, दुई बालिका र तीन महिला गरी सात जना हराएका छन् । तीन बालक, एक बालिका र एक महिला गरि पाँच जनालाई बेवारिसे अवस्थामा फेला पारिएको छ । एक बालक र दुई जना महिला गरी तीन जनाले आत्महत्या गरेका छन् । कर्तव्य ज्यानसम्बन्धी तीन वटा घटना दर्ता भएका छन् ।

बन्दाबन्दीको अवस्थामा देवानी प्रकृतिको मुद्दा लिइएन । अदालत पूर्णरुपमा बन्द भएकाले सरकारवादी अर्थात फौजदारी मुद्दामा पनि खासै ध्यान दिइएन । यसले पीडित झनै पिडामा परेको अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीले पनि हिंसाको गहिरो अनुसन्धान गर्न नसकेको अवस्था छ ।’