काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन् ।
शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत, सेना प्रमुख एमएम नाराभाने र अन्य वरिष्ठ अधिकारी पनि प्रधानमन्त्री मोदीसँगै त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री मोदी निमु पुगेको र भारतीय सेनाका जवान, एअर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
दुई देशका सेनाबीच भिडन्त भएको लद्दाखकै लेह क्षेत्रमा अवलोकनका गर्न मोदी सेनाको हेलिकप्टरमार्फत पुगेका थिए ।
गत महिना लद्दाखमै भारतीय सेना र चिनियाँ सेनाबीच भिडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।