१५ असार २०८३, सोमबार
,
Latest
कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी लद्दाखमा



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन् । 

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत, सेना प्रमुख एमएम नाराभाने र अन्य वरिष्ठ अधिकारी पनि प्रधानमन्त्री मोदीसँगै त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री मोदी निमु पुगेको र भारतीय सेनाका जवान, एअर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

दुई देशका सेनाबीच भिडन्त भएको लद्दाखकै लेह क्षेत्रमा अवलोकनका गर्न मोदी सेनाको हेलिकप्टरमार्फत पुगेका थिए ।

गत महिना लद्दाखमै भारतीय सेना र चिनियाँ सेनाबीच भिडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।