११ असार २०८२, बुधबार
,
Latest
भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित नेतान्याहूको दाबीः इजरायलले युद्ध जित्यो, हाम्रो गर्जनले तेहरान काँप्यो पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण एमाले सचिवालय बैठक सर्‍यो आमिर खानले राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटे बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री महत एभरेष्ट फाइबर बोर्डको उत्पादन सुरु,आज औपचारिक उद्घाटन खराब फिल्डिङका कारण हामी हार्यौं – कप्तान गिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले सर्वोच्चको पूर्णपाठ आएपछि मात्रै अग्नि सापकोटाबारे धारणा बनाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको पूर्णपाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ ।

बिहीबार पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले भने, ‘यसबारे धेरै छलफल गर्नुपर्ने अवस्था छैन, जब पूर्ण पाठ आउँछ त्यसको अध्ययन हुन्छ । अनि पार्टीको आधिकारिक धारणा बन्छ ।’

यस्तै, प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरणमा छानबिनको विषयलाई प्राथमिकता राखेको बताए । उनले भने, ‘हामीले व्यक्ति विशेष कुरा गरेका छैनौँ । मुख्य कुरा छानबिनको हो । सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर कुरा भइरहेको छ । सरकारसित र विपक्षी पार्टीहरूसँग कुराकानी गर्छौँ ।’

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गर्दै आएका छन् ।