१८ भाद्र २०८३, बिहीबार
,
Latest
खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले सर्वोच्चको पूर्णपाठ आएपछि मात्रै अग्नि सापकोटाबारे धारणा बनाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको पूर्णपाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ ।

बिहीबार पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले भने, ‘यसबारे धेरै छलफल गर्नुपर्ने अवस्था छैन, जब पूर्ण पाठ आउँछ त्यसको अध्ययन हुन्छ । अनि पार्टीको आधिकारिक धारणा बन्छ ।’

यस्तै, प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरणमा छानबिनको विषयलाई प्राथमिकता राखेको बताए । उनले भने, ‘हामीले व्यक्ति विशेष कुरा गरेका छैनौँ । मुख्य कुरा छानबिनको हो । सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर कुरा भइरहेको छ । सरकारसित र विपक्षी पार्टीहरूसँग कुराकानी गर्छौँ ।’

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गर्दै आएका छन् ।