११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न कर्मचारी संगठनको माग

तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न कर्मचारी संगठनको माग
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट निजामति कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनले तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ ।

संगठनको केन्द्रिय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले तीन तहको कर्मचारीलाई निजामति कर्मचारको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको हो ।

संगठनले अघि सारेका मागहरु पूरा नभए चरणवद्ध आन्दोलन अगाडि बढाउने समेत बैठकले निर्णय गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले नेपाल निजामति कर्मचारी संगठनले कार्यालय सहयोगिदेखि मुख्यसचिवसम्मको आवाज उठाउँदै आएको बताउनु भयो । उहाँले आफूहरुले नासुहरुको माग पुरा गर्नको लागि मात्र आफूहरु आन्दोलित नभएको स्पष्ट पार्नुभयो । उहाँले संगठनले विगतमा अघि सारेका मागहरु सम्बोधन हुनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल कर्मचारी निजामति कर्मचारी संगठन कार्यालय सहयोगिदेखि मुख्यसचिवसम्मको आवाज उठाउने संगठन हो । हामीले टे«ड युनियन अधिकार प्राप्त गर्दैगर्दा हामीलाई उपसचिवसम्म दिनेगरी संकल्प प्रश्ताव पारित भएको थियो । आज हामीले कार्यालय सचिवको पनि कुरा उठाउनुपर्छ । मुख्य सचिवको पनि कुरा उठाउनुपर्छ । हामीले आज नासुको कुराको लागि मात्रै आन्दोलन गरेको होइन सबैले स्पष्ट हुुनुपर्छ । हामीले विगतमा उठाएका ८५ बुँदे माग अगाडि सारेर आन्दोलनमा उत्रिएका हौँ । निजामति कर्मचारीको तीन वर्षदेखि तलब बढेको छैन । राष्ट्र बैंकले चार प्रतिशत मंगी बढेको देखाएको छ । हामी यसका विरुद्ध पनि आन्दोलनमा गर्न बाध्य भएका हौँ ।’ 

कुनैपनि पदमा ५ वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्ष सोभन्दा बढी सेवा गरी योग्यता पुगेका कर्मचारीलाई एक श्रेणी बढुवा गर्नुपर्ने संगठनको माग छ । सरकारले संसदको यही अधिवेशनबाट संघीय निजामति सेवा विधेयक पारित गर्ने तयारी गरेको छ ।