२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

चैते धानको उत्पादन बढ्यो

चैते धानको उत्पादन बढ्यो
अ अ+ अ-

पापा । आधुनिक प्रविधिको प्रयोग र उन्नत जातका बीउबिजनले चैते धानको उत्पादन बढेपछि यहाँका कृषक खुशी भएका छन् ।

यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब २० मुरी धानको उत्पादन वृद्धि हुने रामपुर नगरपालिका–४                                                 सदावर्तका कृषक विनोद श्रेष्ठ बताउनुभयो । उहाँ वर्षेनी नौ रोपनी क्षेत्रफलमा धान लगाएर ३० देखि ३५ मुरीसम्म उत्पादन लिदै आएकामा यस वर्ष ५५ मुरी उत्पादन हुने अनुमान गर्नुहुन्छ । “खेतमा लहलाउँदो धानका बाला झुलेका छन्, यस वर्ष बर्दियाबाट उन्नत जातको बीउ मगाएर धान लगाए, प्राविधिकको सल्लाह सुझाव पनि राम्रो पाएपछि खेती राम्रो भयो”, उहाँले भन्नुभयो ।
साढे सात रोपनी खेतमा धान लगाउनु भएका अर्का कृषक सुमित्रा थापा यस वर्ष पाँच मुरी बढी धान फलेपछि खुशी हुनुहुन्छ । धानखेती गर्ने राम्रो प्रविधिको ज्ञान सिकेपछि उत्पादन बढेको उहाँको ठम्याइ छ ।

यस वर्ष कृषि ज्ञान केन्द्र पाल्पाले रामपुर नगरपालिका– ४ स्थित तल्लो वडभान क्षेत्रमा चैते धानको पकेट कार्यक्रम सञ्चालन गरेको छ । ज्ञानकेन्द्र र पकेट समितिको रु १४÷१४ लाखमा पकेट कार्यक्रम शुरु गरिएको थियो । दुई सय दुई रोपनी क्षेत्रफलमा २८ घरधुरीका कृषकले धान खेती गरेका छन् । ती कृषकलाई चार मिनिटिलर, दुई वटा पावर टिलर, दुई वटा रोटाभेटर, चार वटा धान काट्ने मेशिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल बीउबिजनलगायतका सामग्री प्रदान गरिएको समितिका अध्यक्ष ओमबहादुर रानाले जानकारी दिनुभयो । हाल चलन चल्तीमा आएका चैते १, चैते २, हर्दिनाथ, टाइचन, बगरे लगायतका चैते धानका जात हुन् ।

नगरपालिका क्षेत्रमा करिब ५०० रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । निस्दी गाउँपालिकामा करिब २८ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्छ । ढुङ्गानावेंसी, गल्धाफाँट, भोटाहा, लामेदमार, मुढाबास, दुनिडमारलगायतका क्षेत्रमा धान लगाउने गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताउनुभयो ।

यस वर्ष धान राम्रै फलेकाले उत्पादन धेरै हुने ढुङ्गानावेंसीका कृषक पुर्खासिं सोती बताउनुहुन्छ । उहाँले करिब १० रोपनी जग्गामा धान लगाउनुभएको छ । बगनासकाली गाउँपालिकाको पोखराथोक, चिर्तुङ्गधारा, यम्घालगायतका क्षेत्रका केही कृषकले धान लगाउने गरेका छन् ।

कुनैबेला चैते धानले मात्र हरियाली हुने माडीफाँटमा भने हिजोआज धान लगाउनै छाडिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ । धान लगाउने कृषक भने पछिल्ला समयमा कम रहेको उहाँको भनाइ छ ।

पूर्वखोला गाउँपालिकाको देवीनगर, जल्पा, रिङ्गनेरह क्षेत्रमा चैते धान लगाइन्छ । पछिल्ला वर्षमा कृषकले  धान लगाउन कम गरे पनि उत्पादन लिन सफल भएको कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताउनुभयो ।

रम्भा गाउँपालिकाको हुँगी क्षेत्रमा पनि  धान धेरै उत्पादन हुने गर्दछ ।  जिल्लामा ७०५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइन्छ । ज्ञानकेन्दका बागवानी विकास अधिकृत सन्तोष पाठकले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीन प्रविधि तथा यन्त्रको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको जानकारी दिनुभयो ।
चिउराका लागि चैते धान राम्रो मानिन्छ । ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्यालले धान उत्पादन वृद्धिका लागि कृषकलाई केन्द्रले आवश्यक सहयोग गरेको बताउनुभयो ।

घाँसखेतीमा कृषकको आकर्षण 

पशु आहारका लागि पोषिलो घाँस उत्पादन वृद्धि गर्न घाँसखेतीलाई व्यवसायीकरण गर्न थालिएको छ । जिल्लाका तानसेन, रामपुर नगरपालिका रम्भा गाउँपालिकालगायत विभिन्न क्षेत्रका कृषक व्यावसायिक घाँस उत्पादनमा लागेका छन् ।

भेटरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाले कृषक तथा समूह सहकारीको मागका आधारमा घाँसखेतीमा सहयोग गर्न थालेपछि कृषक सो खेतीतर्फ आकर्षित भएका हुन् । पशुपालन गर्ने कृषक बढ्दै जान थालेपछि पशु आहाराका लागि खाली रहेका जमिनमा घाँसखेती गर्न थालिएको छ । चालू आर्थिक वर्षमा केन्द्रले रामपुर नगरपालिकास्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थालाई घाँसको नर्सरी स्थापना गर्न सहयोग गरेको छ ।

पशुविज्ञ केन्द्रको रु १० लाख र सहकारीको रु १० लाख समन्वयमा घाँसखेती प्रवद्र्धन कार्यक्रमका लागि सम्झौता अगाडि बढाएको केन्द्रका प्रमुख डा चन्द्रबहादुर राना जानकारी दिनुभयो । सहकारीले यस वर्ष ६० कृषकलाई रामपुरमा नर्सरी स्थापना गर्न रु एक लाख बराबरको घाँसको बीउ वितरण गरेको अध्यक्ष कृष्णकुमार अर्यालले बताउनुभयो ।

नेपाल सरकारसँग खरिद गरेको सुपर नेपियर, सिओफोर, मुलाटो, बदामे, पासपलाम र सुब्बा सेटरिया जातका घाँसको बीउ वितरण गरिएको व्यवस्थापक भविनारायण मरासिनीले बताउनुभयो । सहकारीले कृषकलाई अनुदानमा बिरुवा उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो परेको अगुवा कृषक बलबहादुर राना जानकारी दिनुभयो ।

पशुविज्ञ केन्द्रले गत वर्षदेखि नै घाँसखेतीलाई व्यवसायीकरण गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । भेटरीनरी तथा पशुविज्ञ केन्द्रले सञ्चालन गरेको पाल्पाको तानसेन नगरपालिकास्थित धु्रवघाटमा करिब ३१ रोपनी क्षेत्रफलमा घाँसखेती छ । यहाँ डाले प्रजातिका बडहर, किम्बु, राई खनियो, टाँकी, कोइरालो, इपिलिपीलगायतका घाँसका बिरुवा उत्पादन गरिन्छ ।

यसअघि निःशुल्क घाँसका बिरुवा वितरण गर्ने गरिन्थ्यो भने यो वर्षदेखि प्रदेश सरकारले तोकेको शुल्कमा बिक्री गर्न थालिएको छ । यस वर्ष घाँसका बिरुवा बिक्री गरेर करिब रु तीन लाख बराबरको राजश्व सङ्कलन हुने केन्द्रले जनाएको छ ।

तानसेन नगरपालिका– ११ स्थित बृज एग्रो एण्ड रिसर्च सेन्टर, रिसर्च सेन्टर बाख्राफार्म, रम्भा गाउँपालिका– २ को फोक्सिङ्गकोट, रामपुर नगरपालिका– ३ स्थित गण्डकीढिक र वडा नं ७ मोहटी लगायतका क्षेत्रमा समूह तथा व्यक्तिगत तवरले घाँसखेती गरिँदै आइएको छ । जिल्लामा करिब एक दर्जनभन्दा बढी कृषक, समूह तथा सहकारीले व्यावसायिक घाँस खेतीको शुरुआत गरेका छन् ।