२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

काठमाडौँ उपत्यकामा यसरी बढ्दैछ कोरोना सङ्क्रमणको जोखिम

काठमाडौँ उपत्यकामा यसरी बढ्दैछ कोरोना सङ्क्रमणको जोखिम
अ अ+ अ-

काठमाडौँ । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा जानुभयो । घरबाट कहीँकतै नगएकी उहाँमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।     

कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारमा नदेखिँदा उहाँमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक समूह लागेको छ । परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जोखिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।  “पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी कन्ट्रयाक ट्र्ेसिङ गरिरहेका छौँ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भन्नुभयो, “यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।” “त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा स¥यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा सङ्क्रमण भएको हो”, डा गौतमले अनुमान गर्दै भन्नुभयो ।     

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।     
     
सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन । त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ । नाकामा अझै कडाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न जरुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्कीले भन्नुभयो ।     
     
बिहीबार मात्रै उपत्यकामा ३२ जना कोरोना सङ्क्रमित फेला परे । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ललितपुर र भक्तपुरका दुई÷दुई जना सङ्क्रमित फेला परेका छन् । उपत्यकामा मात्रै अहिलेसम्म कूल १५६ जनामा सङ्क्रमण भइसकेको छ । जसमा ११० जना काठमाडौँ जिल्लाका मात्रै छन् । ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति छन् । आज मात्रै सङ्क्रमित नयाँ बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । योसँगै मुलुकभर ३२ जनाको मृत्यु भइसकेको छ ।     
     
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएका मध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौँ मै गरिएको परीक्षणका क्रममा चीनको उहानबाट आएका नेपालीमा देखिएको थियो । दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो ।     
     
विगतमा काठमाडौँमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहले काठमाडौँ कै रैथाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले उपत्यकामा नसोचेको व्यक्तिमा सङ्क्रमण देखिएकाले कन्ट्रयाक ट्रेसिङको काम थालिएको बताउनुभयो । “हरेक मान्छे पोजेटिभ छ भनेर हामीले सोच्नुपर्छ, तब नियन्त्रण गर्न सकिन्छ, उहाँले सतर्कता अपनाउन आग्रह गर्दै भन्नुभयो, “हामी होसियार भएनाँै भने उपत्यका जोखिममा छ ।”     
     
एक अध्ययन प्रतिवेदन अनुसार उपत्यकामा अहिले ७० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । तीन प्रतिशतले अझै लापरवाही गरिरहेका छन् । पहिलो त अनिवार्य मास्क लगाउने, त्यसपछि राम्ररी हात धुने, सेनिटाइजर प्रयोग गर्ने, जोरजुलुस नगर्ने र गरेका ठाउँमा नजाने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने गर्दा सङ्क्रमण हुनबाट बच्न सकिन्छ ।     
     
इटाली र स्पेनमा भएको लापरबाहीबाट हामीले पाठ सिक्नुपर्ने चिकित्सकको सुझाव छ । एक अध्ययनले अमेरिकमा राम्ररी मास्क लगाएको भए ३० हजार मानिसको ज्यान जोगाउन सकिने थियो । त्यसैले शत प्रतिशत मानिसले मास्क लगाउनैपर्छ डा गौतमले भन्नुभयो । उहाँका अनुसार अब क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या घट्दै गएकाले त्यो सकिएपछि एक चरणमा सङ्क्रमण दर न्यून देखिने र त्यसपछि समुदायस्तरमा देखिन सक्छ । अहिलेदेखि नै सावधानी अपनाउन सके समुदायमा हुने नियन्त्रण गर्न कठिन हुँदैन । लापरबाही गर्दा भयाबह हुनसक्छ ।     
     
सरकारले सङ्क्रमण पहिचान गरेर बेलैमा सङ्क्रमण रोक्न परीक्षणको दायरा बढाउँदै लगेको पनि छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाका अनुसार क्वारेन्टिनमा चाप बढी हुँदा हाल प्रयोगशालाको क्षमताभन्दा धेरै नमूना सङ्कलन हुन थालेकाले निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिएर दायरा बढाउन थालिएको हो ।     
     
मुलुकमा औसत दैनिक चारदेखि छ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ । उपत्यकामा मात्रै दुई हजारदेखि दुई हजार ५०० सम्मको परीक्षण हुन्छ । चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएकोमा अहिले त्यसको स्वरुप परिवर्तन गरी केही खुकुलो गरिएको छ । खुकुलो हुँदा लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञको भनाइ छ ।     
     
बागमती प्रदेशमा ५०५ जना सङ्क्रमित     

बागमती प्रदशेमा मात्रै ५०५ जना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने १८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बुधबारसम्मको विवरणअनुसार उपत्यकाका तीन जिल्लामा १५५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले दिएको बुधबारसम्मको विवरणअनुसार उपत्यका बाहेक रसुवामा नौ, नुवाकोटमा १९, धादिङ्मा १२२, चितवनमा ७६, सिन्धुलीमा ११, मकवानपुरमा १७, रामेछापमा २८, दोलखामा चार, सिन्धुपाल्चोकमा ३१ र काभ्रेपलाञ्चोकमा आठ जना छन् ।     
     
यसरी शुरु भएको थियो नेपालमा सङ्क्रमण     
     
चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड–१९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएको थियो ।     
     
मुलुकमा जेठ पहिलो सातापछि भने सङ्क्रमणको गति बढेको थियो । गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो ।     
     
त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा पुनः फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै चैत ४ मा नेपाल आएकी युवतीको परीक्षण गर्दा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिक ४०० देखि ६०० को हराहारीमा देखिँदै आएको छ । पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि नेपालमा फैलिएको हो ।