११ श्रावण २०८३, सोमबार
,
Latest
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेदविरूद्ध मुस्ताङमा बाजागाजासहित -याली



अ+ अ-

मुस्ताङ। ‘नेपालभरका दलितहरू एक हौँ’ भन्ने नाराका साथ यहाँ आज बाजागाजासहित -याली निकालिएको छ । १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जोमसोममा -याली तथा अन्तरक्रिया गरेको हो ।

र्यालीपछि आयोजित अन्तरक्रियामा प्रशासन, प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय, नागरिक समाज र पत्रकारलगायत सहभागी थिए । नेपाल दलित मुक्ति सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज भीमबहादुर रसाइलीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो

इञ्चार्ज रसाइलीले राष्ट्रिय रूपमा राज्यले जातीय छुवाछुत तथा उन्मूलन दिवस घोषणा गरेपनि यसका अवशेषहरू विद्यमान रहेको बताउनुभयो ।

यस्तै दलित मुक्ति समाज नेपाल मुस्ताङका संस्थापक अध्यक्ष तिलक विकले दलितहरूको समुत्थान र न्यायका लागि दलित एकता हुनुपर्ने जिकिर गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जातीयताका आधारमा कुनै पनि वर्ग र समुदाय माथि हुने हिंसा, भेदभाव र असमानता कानुनी रूपमा क्षम्य नहुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले दलित वर्ग माथि हुने हिंसा, विभेद र असमानताविरूद्ध आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखाका सचिव आदित्य रसाइली जातीय छुवाछुत तथा उन्मूलनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । रासस