७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमानवीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको  बताउनु भयो । उहाँले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको बताउनु भयो । नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको हो । यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुन्छ । यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्नेकुरा विगतका अनुभवहरुले सावित गरिसकेको छ । नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न हाम्रो पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको छ ।’

सभापति देउवाले मुलुकका सबै समस्याहरुको पहिचानसँगै समाधान गर्न नेपाली काँग्रेस मात्रै सक्षम रहेको बताउनु भयो । जातीय भेदभाव गर्ने व्यक्ति काँग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको बताउनु भयो ।