९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?

माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बाउनुभएको हो । उहाँले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठमाउनु भयो । सरकारले किन कारबाही गरेन ? अख्तियार स्वतःफूर्त रुपमा अघि बढ्नुपर्ने स्थिति किन आयो ? उहाँको प्रश्न छ । गृहमन्त्री पदमै रहँदा  छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्री दोषि हुनुहुन्छ भन्ने प्रतिपक्षको विषय छैन, होइन । तर छानविनका निमित्त उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभयो भने सजिलो हुन्छ । अनि भिजिट भिसा प्रकरणको आवरणमा मानव तस्करीमा संलग्न कर्मचारीलाई सरकारले किन कारबाही गरेन ? अख्तियार नै अगाडि बढ्नुपर्ने स्थिति किन पैदा भयो ? त्यसकारण यसमा तालमेल मिलेको छ या छैन ? यो कुरा त छानविन पछि आउँला । तर अहिले जुन विषय उठेको छ । त्यही ओहोदामा रहँदा छानविन गर्न अप्ठ्यारो हुने भएकोले कानूनी ढंगमा पनि उहाँले राजीनामा दिँदा उपयुक्त हुन्छ ।’

सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको समेत उहाँको आरोप छ ।