काठमाडौँ । संसद्मा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले संसद् अवरोध गर्दै आएका छन् ।
यसबारे सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
तर, एक नेताका अनुसार बैठकमा कुनै सहमति बनेको छैन । आज दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधिसभाको बैठक अझै सुचारु हुन सकेको छैन । हिजो पनि सहमति नजुट्दा बैठक आजसम्मको लागि स्थगित गरिएको थियो ।
विपक्षीले उच्चस्तरीय छानबिन आयोग वा समिति बनाउनुपर्ने प्रस्ताव अघि सार्दा सत्तापक्ष भने गृहमन्त्रीले सदनमा बोल्न नपाई विपक्षीको मागबारे छलफल नगर्ने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।









