२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब अनुष्कालाई अँगालो हालेर रोए विराट



अ+ अ-

एजेन्सी । आइपीएल २०२५ को समापन भएको छ । १७ सिजनदेखि ट्रफी जित्न नसकेको रोयल च्यालेन्जर्स बैंगलोरले फाइनलमा पञ्जाब किंग्सलाई हराएर पहिलो उपाधि जित्यो ।

७३ दिने प्रतियोगितामा ७४ खेल खेलिएका थिए, जसमा ३० उत्कृष्ट क्षणहरू देखिएका थिए ।

फाइनल जितेपछि आरसीबीका स्टार ब्याट्सम्यान विराट कोहलीको आँखा आँसुले भरिएको थियो । उनी आफ्नी श्रीमती अनुष्का शर्मालाई अँगालो हाल्दै रोए ।

कोहलीले आरसीबीका पूर्व खेलाडी एबी डिभिलियर्स र क्रिस गेलसँग विजयको उत्सव मनाए ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनलमा आरसीबीले पञ्जाबलाई ६ रनले पराजित गर्दै पहिलोपटक उपाधि चुम्यो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनायो ।

जवाफमा पञ्जाबले सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । आरसीबी आईपीएल च्याम्पियन बन्ने आठौं टोली हो ।

यसअघि राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स, डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद टोली च्याम्पियन बनिसकेका छन् ।