९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मुस्ताङका चार पालिकामा ‘पूर्ण खोप सुनिश्चितता’

मुस्ताङका चार पालिकामा ‘पूर्ण खोप सुनिश्चितता’
अ अ+ अ-

मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व, सहभागिता, पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिबद्धता’ नारासहित ती स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

यहाँका घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ्क अधिकृत राजन पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङका पाँच पालिकामध्ये चार पालिकाले पूर्ण खोप घोषणा गरेको र केही दिनमा वारागुङ मुक्तिक्षेत्रले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको छ ।

घरपझोङले आज यहाँ एक कार्यक्रम गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुर थकालीले जानकारी दिनुभयो । पूर्ण खोप पालिका घोषणा गर्दै पालिका अध्यक्ष मोहनसिंह लालचनले सबैको सामूहिक प्रयासले घोषणा कार्य सम्पन्न भएको र अब यसलाई निरन्तरता दिन लाग्नुपर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीले गाउँपालिकाले तयारी गरेको बालमैत्री स्थानीय शासनको सूचकमध्ये खोप कार्यक्रम महत्वपूर्ण रहेको भन्दै यसको दिगोपना अपरिहार्य रहेको उल्लेख गर्नुभयो । प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा मनिष कोइरालाले बालबालिकालाई स्वस्थ्य राख्नका लागि शारीरिक, मानसिक र अन्य वृद्धि विकासमा खोप अनिवार्य रहेको बताउनुभयो ।

यसअघि यहाँका पाँच पालिकाका २५ वटा वडामध्ये चार पालिकाका २० वडाका वडास्तरीय खोप समन्वय समितिले पूर्ण खोप लगाएको घोषणा गरेपछि पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । रासस