२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कोरोना संक्रमित मृतक पुरुषको शव व्यवस्थापनमा अवरोध

कोरोना संक्रमित मृतक पुरुषको शव व्यवस्थापनमा अवरोध
अ अ+ अ-

गोरखा । गोरखाका स्थानिय बासिन्दाले कोरोना संक्रमित एक पुरूषको शव व्यवस्थापनमा अवरोध गरेका छन्।

शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको  शव व्यवस्थापनमा अवरोध गरेका हुन्। 

जिल्लास्थित सुरक्षा समितिले मृतक पुरूषको शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दाले बासिन्दाले शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका एपसी सुरेन्द्र गुरूङका अनुसार गोरखा नगरपालिकास्थित देउराली र सहिद लखन गाउँपालिकास्थित बक्राङका ४०/५० जनाको संख्यामा मानिसहरू आएर अवरोध गर्न खोजपनि उनिहरुलाई सम्झाएर केहीबेरमा शव व्यवस्थापन गर्ने बताए । 

स्थानीय बासिन्दाको अवरोधपछि गोरखा अस्पतालमा रहेको शव त्यसतर्फ लैजान सकिएको छैन। गोरखा सदरमुकामबाट करिब १८ किमी टाढा लुदीर/रौंदी दोभानमा शव व्यवस्थापन गर्न लागिएको हो। शव व्यवस्थापनका लागि खाल्डो खन्न जेसिबी पुगेपछि स्थानीय बासिन्दाले अवरोध गरेका हुन्।

पालुङटार नगरपालिका घर भएका मृतकको शव किन गोरखा नगरपालिका क्षेत्रमा गाड्ने भन्दै उनीहरूले विरोध गरेका हुन्। स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पिपिईलगायत सामग्री लगाएर नेपाली सेनाका चार जनाले शव व्यवस्थापन गर्नेछन्