२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

खोकनाको खेतमा यसरी पर्यो प्रहरी र स्थानीयबीच घम्साघम्सी, हेरौ यी तस्विर

खोकनाको खेतमा यसरी पर्यो प्रहरी र स्थानीयबीच घम्साघम्सी, हेरौ यी तस्विर
अ अ+ अ-

काठमाडौं । ललितपुरको खोकनामा खेत रोप्न पुगेका किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गरी रोपाइँ गर्न पुगेका किसानलाई लखेट्न पुगेको प्रहरी र स्थानीय किसानबीच दोहोरो झडप भएको हो । त्यस क्रममा प्रहरीले पनि केही सेल अश्रुग्यास हानेको बताइएको छ ।

खोकनाबासीले फास्ट ट्रयाक बनाउने क्रममा सरकारले विकासका नाममा रहेको जग्गाजमिन कब्जा गरेको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पछिल्लो समय अधिग्रहण गरेको थियो र त्यो जमिनमा खनजोत पनि नगर्नु भनेको थियो । तर त्यसको विरोध गर्दै आएका किसान आज भने खोकनाको खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

सरकारले अधिग्रहण गरेको भनी सूचना नै प्रकाशन गरेको सो जमिनमा रोपाईँ नगर्न प्रहरीले आग्रह गरेको थियो । तर स्थानीय किसानहरुले सो जमिन आफ्नै भएकोले रोपाइँ गर्ने बताए र रोपाइँलाई निरन्तरता दिए । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव भइरहेकोमा अघि प्रहरी पुगेर अश्रुग्याँस नै हानेको छ । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खानजोत गरेका थिए ।

स्थानीयले केही दिनयतादेखिको योजनाबमोजिम नै ट्याक्टर समेत लगाएर आजका लागि खनजोत र रोपाइँको योजना बनाएका थिए । थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको जनाएको छ । काठमाडौं(तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ(भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी सरकारले गरेको छ ।

तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । खोकना आफूहरुको पूख्यौँली थातथलोका साथै सांस्कृतिक क्षेत्र समेत रहेको उनीहरुको दाबी छ । उनीहरुको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् ।

सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् ।