९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी
file photo
अ अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताउनुभएको छ ।

आज घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफना समस्या सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाको मागप्रति प्रतिबद्धता जनाउँदै उहाँले यस क्षेत्रमा देखिएका समस्या समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाव दिनुभयो ।

“कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनुपर्छ । आफनो पेसागत हितका लागि बोल्नु पाउनुपर्छ । राज्यले त्यसलाई पहिचान दिनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो । घरेलु श्रमिकका कामले मान्यता पाउनुपर्ने माग जायज भएको र राज्यले त्यसलाई मान्यता दिने उहाँको भनाइ थियो ।

मन्त्री भण्डारीले घरेलु श्रमिक कामदार अनौपचारिक क्षेत्रको रूपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनुपर्नेमा जोड दिँदै उनीहरूका अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले श्रम ऐन, कानुन संशोधन हुने क्रममा रहेकाले घरेलु श्रमिक महिलाले भोग्दै आएका समस्या समाधानका लागि के कस्ता विषय ऐनमा समावेश गर्ने भनेर सरकारलाई सामूहिक लिखित सुझाव दिन आग्रह गर्नुभयो ।

विगत लामो समयदेखि घरेलु श्रमिकका रूपमा काम गर्दै करिब दुई दर्जन महिलाले आफूहरूले भोगेका समस्याबारे अवगत गराएका थिए । रासस