३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी



file photo
अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताउनुभएको छ ।

आज घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफना समस्या सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाको मागप्रति प्रतिबद्धता जनाउँदै उहाँले यस क्षेत्रमा देखिएका समस्या समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाव दिनुभयो ।

“कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनुपर्छ । आफनो पेसागत हितका लागि बोल्नु पाउनुपर्छ । राज्यले त्यसलाई पहिचान दिनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो । घरेलु श्रमिकका कामले मान्यता पाउनुपर्ने माग जायज भएको र राज्यले त्यसलाई मान्यता दिने उहाँको भनाइ थियो ।

मन्त्री भण्डारीले घरेलु श्रमिक कामदार अनौपचारिक क्षेत्रको रूपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनुपर्नेमा जोड दिँदै उनीहरूका अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले श्रम ऐन, कानुन संशोधन हुने क्रममा रहेकाले घरेलु श्रमिक महिलाले भोग्दै आएका समस्या समाधानका लागि के कस्ता विषय ऐनमा समावेश गर्ने भनेर सरकारलाई सामूहिक लिखित सुझाव दिन आग्रह गर्नुभयो ।

विगत लामो समयदेखि घरेलु श्रमिकका रूपमा काम गर्दै करिब दुई दर्जन महिलाले आफूहरूले भोगेका समस्याबारे अवगत गराएका थिए । रासस