९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, २० जेठः टंगाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा मङ्गलबार आयोजित कार्यक्रमलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
अ अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताउनुभएको छ ।

टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति र समृद्धि शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थासँग सहकार्य र समन्वय गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा प्रणालीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा जीवनोपयोगी सीप, सिर्जनशील सोच विकसित गराउँदै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक उत्पादन गर्नुपर्छ । सूचना र प्रविधिको विकासले विश्व एउटा साझा गाउँझैँ बन्न पुगेको अवस्थामा शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गरे शिक्षित व्यक्तिको उत्पादन सीमित हुनुहुँदैन, हामीले अवसरसँगै आइपर्ने चुनौतीको पनि सामना गर्नुपर्छ ।”

उहाँले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा तीव्र रूपमा विदेशिन बाध्य युवाशक्तिमार्फत नेपालको श्रम, सीपसँगै पुँजी पनि पलायन भइरहेकाले यो अवस्थालाई बदल्न स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“हाम्रो शैक्षिक नीति, शिक्षा प्रणाली, पाठ्यक्रम, शिक्षण पद्धति समयानुकूल हुनु आवश्यक छ । शिक्षामा गरिने लगानी खर्च होइन, यो दीर्घकालीन रूपमा समृद्ध राष्ट्र र समुन्नत समाज निर्माणका लागि गरिने अमूल्य लगानी हो । त्यसकारण शिक्षा लगानी बढाउन कुनै सङ्कोच मान्नुपर्दैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न महानगरले काम गरिरहेको बताउनुभयो । “शिक्षाको महत्त्व बुझेर नै शिक्षा प्रणालीमा सुधार गर्न सङ्घीय बजेटसँगै हामीले थप गरेर शिक्षाका क्षेत्रमा काम गरिरहेका छौँ । बालबालिकाको उज्ज्वल भविष्यका लागि महानगर सदैव चनाखो भएर काम गरिरहेको छ । समयानुकूल शिक्षा परिमार्जित हुनुपर्छ भन्ने लागेर हामीले किताबी ज्ञानसँगै शिक्षामा सीपका लागि किताबरहित शुक्रबारको अवधारणा ल्याएका हौँ । यसले किताबकै कुरालाई व्यवहारिक रूपमा सिकाउने गरेको छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

काठमाडौँ–५ तथा टङ्गाल मावि व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र प्रजापतिले सबै पक्षको सहयोगले विद्यालयले शैक्षिक अवस्था सुधार गर्दै अभिभावकको मन जित्न सफल भएको बताउनुभएको । “प्रयास गर्‍यो भने हामी सफल हुन्छौँ, हामीले प्रयास गरेर यसलाई राम्रो बनाउन सफल भएका छौँ । यो वडामा टङ्गाल मावि मात्र एउटा सामुदायिक विद्यालय हो, तर यो अन्यभन्दा कुनै हिसाबले कम छैन । यसलाई आगामी दिनमा हामी अझै प्रभाकारी बनाउँदै अगाडि बढाउने छौँ, यहाँ देखिएको कमीकमजोरीलाई छिट्टै हटाउने छौँ”, वडाध्यक्ष प्रजापतिले भन्नुभयो ।

उक्त अवसरमा विद्यार्थीले देशभक्ति भाव रहेका गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी विद्यालयले शिक्षक र विद्यार्थीसँगै विद्यालयमा आर्थिक सहायता गर्ने समाजसेवीलाई सम्मान गरेको थियो । रासस