९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

हाम्रो आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि होः अध्यक्ष थापा

हाम्रो आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि होः अध्यक्ष थापा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि भएको दाबी गर्नुभएको छ ।

राजसंस्था र हिन्दुराज्य पुर्नस्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुद्वारा सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले सुशासन र राजसंस्था पुनःस्थापना निमित्त सुशासनकै माध्यमबाट आर्थिक समृद्धिका लागि जनआन्दोलन भइरहेको दावी गर्नुभयो ।

अध्यक्ष थापाले जनआन्दोलनमा देखिएको उत्साह, समर्थन र सहभागिताबाट भ्रष्ट सरकार आत्तिएको र विचलित भएको बताउनु भयो । उहाँले प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौैं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न सरकार बाध्य भएको दाबीसमेत गर्नुभयो । उहाँले निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुन्छ भनेर सोचेको हो भने त्यो भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि । सुशासन र राजसंस्था पुर्नस्थापना निमित्त सुशासनको माध्यमबाट आर्थिक समृद्धिका निमित्त भइरहेको यो जनआन्दोलनमा देखिएको जनताको उत्साह, समर्थन र सहभागिताबाट भ्रष्ट सरकार आत्तिएको छ । विचलित भएको छ । त्यही कारणले गर्दा प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न बाध्य भएको छ ।

निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरुले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुन आग्रह गर्न चाहन्छु । जुन ढंगबाट दमन गर्ने दुःशाहस गर्यो त्यसको म घोर भत्र्सना र निन्दा गर्न चाहन्छु । म आम सञ्चारमाध्यमका साथीहरुलाई, मानवअधिकारका साथीहरुलाई आग्रह गर्न चाहन्छु कि हामीले त्यो दिन निषेधाज्ञा तोडेका थिएनौं । निषेधित क्षेत्र तोडेका थिएनौं । कानुनको उल्लंघन गरेका थिएनौं । अघिल्लो दिन गरेकै स्थानमा आपूmहरुले कार्यक्रम गरेका थियौं । तर यो भ्रष्ट सरकारले प्रतिबन्ध लगाउने दुष्प्रयास गर्यो ।’

उहाँले जनआन्दोलनका क्रममा सरकारले लिएको दमनको नीतिको निन्दा गर्दै आफूहरुले निषेधित क्षेत्र नतोडेको र कानुनको समेत उल्लंघन नगरेको दाबी गर्नुभयो ।