६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने



अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीहरूले भोलि (बुधबार)देखि आन्दोलनलाई थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।

सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन थप सशक्त रूपबाट अघि बढाइने उनीहरुले चेतावनी दिएका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडी बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ ।’

यातायात व्यवसायीहरूले सोमबारदेखि सार्वजनिक सवारी साधन घर, ग्यारेजमा थन्काएर गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोधमा उत्रिरहेका छन् ।