९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल

विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न नसकेको बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयलाई रिसर्च सेन्टरका रुपमा प्रभाकारी बनाउन नसकिएको बताउनु भयो । उहाँले विश्वविद्यालयबाट गरिएका अध्ययनहरु व्यवहारिक जीवनमा प्रयोग नै हुन नसकेको उल्लेख गर्नुभयो । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय मात्रै रहेको बताउनु भयो ।

विश्वविद्यालयबाट हुने अध्ययनले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुमा सार्थक परिणाम दिन नसकेको गुनासो गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रा विश्वविद्यालयहरुलाई हामीले इनोभेसन सेन्टरका रुपमा डेभलप गर्नै सकेनौँ । रिसर्च सेन्टरका रुपमा जसरी प्रभावकारी बनाउनुपर्ने हो त्यो गर्न सकेनौँ । हाम्रा रिसर्चहरु व्यवहारिक जीवनमा प्रयोग नै भएका छैनन् । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय त बनेको छ । त्यसमा हामी गर्व पनि गर्छौं । तर हाम्रो देशले के पायो ? भन्ने रुपबाट हेर्दा हाम्रा रिसर्च हाम्रो उत्पादन, उत्पादकत्व वृद्धि, हाम्रो सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुसँग जोडिएर हाम्रा अध्ययन अनुसन्धानहरुले सार्थक परिणाम दिन सकेका छैनन् । अहिलेको बजेटले त्यो तर्फ जोड दिन खोजेको छ ।’

महासचिव पोखरेलले अहिलेको बजेटले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमतामा ध्यान दिएको बताउनु भयो ।