२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

काँग्रेसद्वारा गठित ‘कोभिड १९’ अनुगमन समितिमा व्यवसायी ढकाल मनोनित

काँग्रेसद्वारा गठित ‘कोभिड १९’ अनुगमन समितिमा व्यवसायी ढकाल मनोनित
अ अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारी व्यवसायी विमल ढकाल नेपाली काँग्रेसद्वारा गठित कोभिड १९ अनुगमन समितिको सदस्यमा नियुक्त भएका छन् ।  नेपाली काँग्रेसको गत जेठ २६ गते बसेको केन्द्रीय समितिको बैठकले काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो ।

नेपालका वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष ढकाल नेपाली काँग्रेसका महासमिति सदस्य समेत हुन् । विसं २०६२,६३ को जनआन्दोलनका समयमा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा गठित जनआन्दोलन परिचालन समितिको लुम्बिनी अञ्चलका सदस्य समेत रहेर काम गरेका ढकाल नेपाली काँग्रेस पाल्पाको जिल्ला कार्य समितिका पूर्व सदस्य समेत हुन् । उनी नेपाली काँग्रेस पाल्पा काठमाडौँ सम्पर्क समितिका संस्थापक अध्यक्ष पनि हुन् ।

कोभिड १९ का कारणले सबैभन्दा बढी तथा प्रत्यक्ष रुपमा प्रभावित रहेको क्षेत्र वैदेशिक रोजगार क्षेत्र पनि रहेकोले त्यस क्षेत्रको सम्बन्धमा अनुगमन गरी यसको प्रभाव न्यून गर्नका लागि उक्त समितिले उहाँलाई सदस्यका रुपमा मनोनित गरेको बताइएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ ले नेपालमा पारेको प्रभावका साथै यसका कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न नेपाली काँग्रेसले उक्त समिति गठन गरेको थियो । 

उक्त समितिले शुक्रबार पूर्णता पाएको छ । उक्त समितिमा काँग्रेस नेताहरु एनपी साउद, मोहनबहादुर बस्नेत, महालक्ष्मी उपाध्याय डिना, चन्द्र भण्डारी, गगन थापा, महेन्द्र यादव, मोहनबहादुर बस्नेतलगायत रहेका छन् ।