२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

अध्यक्ष प्रचण्ड सहित सचिवालयका छ सदस्य छलफलमा, आगामी रणनीति तय गर्दै

अध्यक्ष प्रचण्ड सहित सचिवालयका छ सदस्य छलफलमा, आगामी रणनीति तय गर्दै
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन  भएपछि सचिवालयमा रहेका नौ सदस्य मध्ये छ सदस्य आगामी रणनीतिका लागि छलफलमा जुटेका छन् ।

सचिवालयमा रहेका प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, महासचिव बिष्णु पौडेल र नेता ईश्वर पोखरेल बाहेक  पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बीच छलफल भएको हो । 

ललितपुरस्थित एक घरमा भएको छलफलमा हालसम्मको विकसित घटना र अब अपनाउने रणनीतिका बारेमा छलफल भएको स्राेतले जनाएको छ ।

 शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष ओली र आफूबीच भएको कुराकानी तथा बाहिर कार्यकर्ताको तहबाट परेको दवाबका बारेमा पनि छलफल भएको जनाइएको छ ।  

आफूहरुको मागमा अध्यक्ष ओली खासै टसको मस नभएको अवस्थामा केही लचक भएर सहमति गर्ने वा पार्टी विभाजनको तहसम्मका लागि तयार रहने बारेमा पनि छलफल भएको जनाइएको छ । 

शनिबार बिहान ११ बजेको लागि तय गरिएको स्थायी समितिको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित भएको हुँदा यो अवधिमा अधिकतम प्रयास गर्नका लागि अध्यक्ष दाहालले अग्रसरता लिने बारेमा पनि छलफल भएको छ ।