२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड सहित सचिवालयका छ सदस्य छलफलमा, आगामी रणनीति तय गर्दै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन  भएपछि सचिवालयमा रहेका नौ सदस्य मध्ये छ सदस्य आगामी रणनीतिका लागि छलफलमा जुटेका छन् ।

सचिवालयमा रहेका प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, महासचिव बिष्णु पौडेल र नेता ईश्वर पोखरेल बाहेक  पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बीच छलफल भएको हो । 

ललितपुरस्थित एक घरमा भएको छलफलमा हालसम्मको विकसित घटना र अब अपनाउने रणनीतिका बारेमा छलफल भएको स्राेतले जनाएको छ ।

 शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष ओली र आफूबीच भएको कुराकानी तथा बाहिर कार्यकर्ताको तहबाट परेको दवाबका बारेमा पनि छलफल भएको जनाइएको छ ।  

आफूहरुको मागमा अध्यक्ष ओली खासै टसको मस नभएको अवस्थामा केही लचक भएर सहमति गर्ने वा पार्टी विभाजनको तहसम्मका लागि तयार रहने बारेमा पनि छलफल भएको जनाइएको छ । 

शनिबार बिहान ११ बजेको लागि तय गरिएको स्थायी समितिको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित भएको हुँदा यो अवधिमा अधिकतम प्रयास गर्नका लागि अध्यक्ष दाहालले अग्रसरता लिने बारेमा पनि छलफल भएको छ ।