काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि पछिल्लो समय राजावादी दल एवं समूहहरूको काठमाडौँ केन्द्रित प्रदर्शन जारी छ ।
यसैबिच नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मङ्गलबार काठमाडौँको सिफलमा राजसंस्थाको पक्षमा प्रदर्शन गरेको छ ।
उक्त प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल, बल्खु र कोटेश्वर बाहेकका क्षेत्रहरूमा कुनै पनि किसिमको प्रदर्शन गर्न रोक लगाएपछि उनीहरुले सिफलमा प्रदर्शन गरेका हुन् ।










