२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने- पार्टी फुट्न पनि सक्छ, हाम्रो भेट भोलि नै नहुन पनि सक्छ



अ+ अ-

काठमाडौँ । साँझ ७ बजे अनिवार्य उपस्थितिका लागि बोलाइएपछि बालुवाटार पुगेका मन्त्रीहरुसँग प्रधानमन्त्री केपी ओलीले परामर्श गरेका छन् ।

पूर्व माओवादी खेमाका मन्त्रीहरु बालुवाटारबाट बाहिरिएका छन् । ‘पूर्व माओवादी’ खेमाका मन्त्रीहरु बालुवाटारबाट बाहिरिएर खुमलटार पुगेको अनुमान गरिएको छ ।

उनीहरुसँग प्रधानमन्त्रीले सहयोगको आग्रह गरेका थिए तर सहयोगको बाचा भने मन्त्रीहरुले गरेनन् ।   

प्रधानमन्त्रीले मन्त्रीहरुलाई अहिलेको परिस्थिति जटिल अवस्थामा रहेकोेले एक ढिक्का भएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

आफूलाई सहयोगको आग्रह गरेपछि पूर्व माओवादी खेमाका मन्त्रीहरुले कुनै जवाफ दिएका छैनन् । 

ओली हालैको स्थायी समिति तथा प्रचण्डसँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए ।

साथै पार्टी एकता संकटमा परेकोले मलाई सहयोग गर्नुहोस् भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाई आग्रह गरेका थिए । तर केही बेरको ओलीको कुरा सुनेपछि बादल र वर्षमान पुनसहितका माओवादी खेमाका मन्त्रीहरु बाहिरिएका छन् ।

उनीहरु खुमलटार पुगेर प्रचण्डलाई यस बारेमा जानकारी गराउने अनुमान गरिएको छ । 

आजै साँझ प्रधमानमन्त्री ओलीले शीतल निवास पुगेर राष्टपतिलाई भेटेका थिए । त्यस लगत्तै उनले मन्त्रीहरुसँग परामर्श गरको थिए ।

प्रधानमन्त्री ओलीले पार्टी एकता संकटमा परेको भन्दै भोलि यही पार्टी नरहन पनि सक्छ, तपाईँहाम्रो भेट भोलि नै नहुन पनि सक्छ भनेर मन्त्रीलाई मन्त्रीहरुलाई मनाउने प्रयास गरेका थिए ।

ओलीले भनेका थिए, पार्टी फुट्न पनि सक्छ, भोेलि नै तपाईहाम्रो भेट नहुन पनि सक्छ भनेका थिए । 

तर पनि गृहमन्त्री बादलले भने आफूहरुले साथ दिन नसक्ने संकेत प्रधानमन्त्रीलाई गरेको बुझिएको छ ।