काठमाडौँ । साँझ बालुवाटार बोलाईका मन्त्रीहरले आफूहरुलाई किन बोलाइयो होला भन्ने बारेमा खासै जानकार थिएनन् ।
उनीहरु बालुवाटार बसे उता प्रधानमन्त्री शीतल निवास पुगेका थिए । पछि प्रधानमन्त्री आए र अहिलेको पार्टीको अवस्थाबारे जानकारी दिन थाले ।
उनले यस्तै अवस्था हो भने पार्टी फुट्छ भनेर स्पष्टै भनिदिए । त्यसपछि मन्त्रीहरु झस्किए ।
यत्तिकैमा प्रधानमन्त्रीले कागज मगाए र हस्ताक्षर गर्ने भने ।
प्रधानमन्त्री ओलीले भने- अब पार्टी फुट्ने भएपछि तपाईहरु कतापट्टिको कित्तामा बस्ने हो स्पष्ट पार्नुहोस । मलाई समर्थन गर्ने हो भने हस्ताक्षर गर्नुस भनेपछि अधिकांश पूर्ब एमालेका मन्त्रीबाट हस्ताक्षर भयो ।
त्यसमा पूर्व माओवादीका मन्त्री लेखराट भट्टले पनि हस्ताक्षर गरे ।
तर यत्तिकैमा हस्ताक्षरको कुरा उठेपछि माओबादीका मन्त्रीहरु भने बाहिरिए । अनि प्रधानमन्त्रीले भने- म तपाईहरुलाई पर्सी बोलाउछु, त्यो दिन बोल्ड निर्णय गर्छु र यदि त्यस दिनसम्म तपाईँहरु कता लाग्ने हो निर्णय गर्नुहोला ।
एकजना पूर्व माओवादी समर्थित मन्त्रीले भने- त्यसपछि हामी निस्कियौँ र अध्यक्ष कमरेड प्रचण्डको निवासतिर जाँदैछौँ ।