१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मन्त्रीहरुलाई मेरो कित्तामा लाग्ने हो भने हस्ताक्षर गर्नुहोस् भनेपछि….



अ+ अ-

काठमाडौँ । साँझ बालुवाटार बोलाईका मन्त्रीहरले आफूहरुलाई किन बोलाइयो होला भन्ने बारेमा खासै जानकार थिएनन् ।

उनीहरु बालुवाटार बसे उता प्रधानमन्त्री शीतल निवास पुगेका थिए । पछि प्रधानमन्त्री आए र अहिलेको पार्टीको अवस्थाबारे जानकारी दिन थाले ।

उनले यस्तै अवस्था हो भने पार्टी फुट्छ भनेर स्पष्टै भनिदिए । त्यसपछि मन्त्रीहरु झस्किए । 

यत्तिकैमा प्रधानमन्त्रीले कागज मगाए र हस्ताक्षर गर्ने भने ।

प्रधानमन्त्री ओलीले भने- अब पार्टी फुट्ने भएपछि तपाईहरु कतापट्टिको कित्तामा बस्ने हो स्पष्ट पार्नुहोस । मलाई समर्थन गर्ने हो भने हस्ताक्षर गर्नुस भनेपछि अधिकांश पूर्ब एमालेका मन्त्रीबाट हस्ताक्षर भयो ।

त्यसमा पूर्व माओवादीका मन्त्री लेखराट भट्टले पनि हस्ताक्षर गरे ।

तर यत्तिकैमा हस्ताक्षरको कुरा उठेपछि माओबादीका मन्त्रीहरु भने बाहिरिए । अनि प्रधानमन्त्रीले भने- म तपाईहरुलाई पर्सी बोलाउछु, त्यो दिन बोल्ड निर्णय गर्छु र यदि त्यस दिनसम्म तपाईँहरु कता लाग्ने हो निर्णय गर्नुहोला । 

एकजना पूर्व माओवादी समर्थित मन्त्रीले भने- त्यसपछि हामी निस्कियौँ र अध्यक्ष कमरेड प्रचण्डको निवासतिर जाँदैछौँ ।