७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलः तीन वर्षपछि नयाँ विजेता, १८ वर्षदेखि पहिलो उपाधिको खोजिमा दुबै टिम



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेल आज पञ्जाब किंग्स (पीबीकेएस)र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ । दुबै टोलि १८ वर्षदेखि पहिलो उपाधिको पर्खाइमा छन् ।

खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । आईपीएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउनेछ । आईपीएलले अन्तिम पटक २०२२ मा नयाँ च्याम्पियन पाएको थियो, जहाँ गुजरात टाइटन्सले फाइनलमा राजस्थानलाई हराउँदै उपाधि चुमेको थियो ।

बैंगलोर चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका छन् । यो दुई टोली बीचको पहिलो फाइनल हुनेछ । आरसीबीले २००९, २०११ र २०१६ मा फाइनल हारेको थियो भने पीबीकेएसले २०१४ मा एक मात्र फाइनल हारेको थियो ।

आईपीएलको इतिहासमा हालसम्म पीबीकेएस र आरसीबी बीच ३६ खेल खेलिएका छन् । दुवैले १८–१८ खेल जितेका छन् । दुवै टोली नरेन्द्र मोदी रंगशालामा दोस्रो पटक भिड्नेछन् ।

यस सिजनको क्वालिफायर–१ मा पनि यी दुई टोली आमनेसामने भएका थिए, जहाँ बैंगलोरले खेल ८ विकेटले जितेको थियो । यो सिजनमा यी दुई टोलीबीचको चौथो खेल हुनेछ । बैंगलोरले २ पटक र पञ्जाबले १ पटक जितेको छ ।