१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन दुई हजाार नौ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य एकै दिन दुई हजाार नौ सय रुपैयाँले बढेको छ।

यससँगै, आज सुन तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी सोमबारको तुलनामा ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।