३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नको हातमा जर्मन कप



अ+ अ-

बर्लिन । शनिबार भएको खेलमा बायर्न म्युनिखले बायार लेवरकुसनलाई ४–२ ले हराउँदै जर्मन कप जितेका छ । बायर्नले यससँगै कप र लिग दुवै जितेको उपलब्धि पनि हासिल गरेको छ । रोबर्टो लेवनडोस्कीले यो सिजनको ५० औं व्यक्तिगत गोल पूरा गरेको छ । 

बायर्नले डेविड अल्बाको गोलले अग्रता लिएयता सर्गी जेनब्राले दोस्रो गोल थपे । त्यसयता लेवनडोस्कीले दुई गोल गरे । लेवरकुसनका तर्फबाट स्भेन बेन्ड र केइ हाभरटेजले गोल गरे । यसअघि बायर्नले लगातार आठौं पल्ट जर्मन बुन्डेसलिगा जितिसकेको छ ।

जर्मनीमा फेरि फुटबल सुरु भएइता बायर्नले आफूले खेलेका सबै ११ खेल जितेको छ । बायर्नको अब युरोपेली च्याम्पियन्स लिगमा चुनौती बाँकी छ । बायर्नले जर्मन कप जितेको यो २० औं पल्ट हो । बर्लिनको दर्शनविहीन ओलम्पिक्स रंगशालामा सुरुदेखि बायर्न बलियो देखिएको थियो र त्यो अन्त्यसम्म कायम रहेको थियो ।