४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभाबाट दुई विधेयक पारित



अ+ अ-

मकवानपुर।  बागमती प्रदेशसभाको आज बैठकले दुई वटा विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।

बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सो विधेयकहरुलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख भुवनकुमार पाठकले ती विधेयकलाई निर्णयार्थ प्रस्तुत गदाई सभाले सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।

विधेयक पारित हुनुअघि मन्त्री तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसैगरी उहाँले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्तावसमेत प्रस्तुत गर्नुभएको थियो । रासस