११ श्रावण २०८३, सोमबार
,
Latest
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा



अ+ अ-

मोरङ। जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ ।

यहाँको कटहरी गाउँपालिका–२ स्थित हल्दिबारीमा २० बिघा जमिनमा रु दुई अर्ब लागतमा २०० श्ययाको सो अस्पताल सञ्चालनमा ल्याइएको हो ।

जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्न अस्पताल सञ्चालनमा ल्याएको जानकारी जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो ।

अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने अध्यक्ष मण्डलले बताउनुभयो । अस्पताल निर्माणका लागि रु एक अर्ब ३० करोड जीवन समाजको र रु ७० करोड बैंकबाट ऋण लिएर लगानी गरिएको छ ।

कोशी प्रदेशको तराईका दक्षिण क्षेत्रका रहेका विपन्न वर्ग जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु-याउने उद्देश्य राखी फाउण्डेशनको स्थापना गरिएको सङ्घीय सांसदसमेत रहनुभएका मण्डलले बताउनुभयो ।

अस्पतालले सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति रहेको जनाएको छ । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन सञ्चालनमा ल्याउने गरी सेवाहरु थप विस्तार गर्दै लैजाने तयारी गरिएको छ । रासस