९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै

सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
अ अ+ अ-

पर्सा। सशस्त्र प्रहरी बल, नेपालले मधेस प्रदेशका आठ वटै जिल्लामा मनसुन तथा विभिन्न प्राकृतिक प्रकोपको सामनाका लागि समुदायमा आधारित ‘डिजाष्टर भोलेन्टिर’ (विपद् स्वयंसेवक) तयार पार्ने भएको छ ।

सशस्त्र प्रहरी बल मधेस प्रदेशका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले प्राकृतिक तथा मनसुनजन्य प्रकोपका हिसाबले उच्च जोखिमयुक्त प्रदेश भएकाले पनि सामुदायमा आधारित विपद् स्वयंसेवक तयार पार्न लागिएको बताउनुभयो । “विपद्का समयमा कमभन्दा कम धनजनको क्षति होस् भन्ने उद्देश्य राखेर नै समुदायलाई नै विपद्सँग लड्ने गरी तयार गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “प्रदेशका प्रत्येक जिल्लाबाट औसतमा २५ जनाको दरले स्वयंसेवक तयार पार्न लागिरहेका छौँ ।”

सशस्त्र प्रहरीले हाल प्रत्येक जिल्लामा २५ जनालाई २१ दिने विपद् स्वयंसेवक तालिम सञ्चालन गरिरहेको छ । यसका लागि रौतहटमा ३८, महोत्तरीमा २६, सर्लाहीमा २५, धनुषामा २५ र सप्तरीमा २५ गरी १३९ जना छनोट गरिएका छन् । बाँकी तीन जिल्ला बारा, पर्सा र सिरहा पनि २५–२५ जनाका दरले विपद् स्वयंसेवक तयार पार्ने तालिम छिट्टै सञ्चालन गरिने जनाइएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विपद्को पहिलो उद्धारकर्ता स्थानीय नै हुने भएकाले पनि समुदायलाई बढी जिम्मेवार बनाउन खोजिएको बताउनुभयो । “जहिले पनि विपद्को पहिलो उद्धारकर्ता स्थानीय जनता नै हुने गर्छन्”, उहाँले भन्नुभयो, “यसर्थ स्थानीय समुदायलाई जिम्मेवार बनाए मात्रै न्यून क्षति गर्ने प्रयासले सार्थकता प्राप्त गर्नेछ । कमभन्दा कम मानवीय क्षति होस् भन्ने उद्देश्य राखेर नै विपद् स्वयंसेवक तालिम दिँदै आइरहेका छौँ ।”

ढकालले सबै पालिकाका वडाहरूमा कम्तीमा २५ जना विपद् सूचकहरू तयार भएको र अब विपद्का घटनाबारे तुरुन्त सूचना दिने जनशक्ति निर्माण गरिने जानकारी दिनुभयो । यसका लागि प्रदेशका सबै पालिकासँग समन्वय गरी विपद् सूचकको फोन नं सहितको विवरण सङ्कलन भइसकेको उहाँले बताउनुभयो । रासस