३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको बाढीमा ७ जनाको मृत्यु, केही बेपत्ता



अ+ अ-

टोकियोः जापानको दक्षिण पश्चिमस्थित कुमामोतो र कागोशिमा क्षेत्रमा आएको भिषण वर्षापछि आएको बाढी पहिरोमा परेर सात जनाको मृत्यु हुनुका साथै अरु चार जना बेपत्ता भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् ।

जापानी जलवायु विज्ञान विभागले अझै पनि ठूलो वर्षा हुने बताएको छ । यी दुई स्थानका करिब २ लाख ३ हजार मानिसलाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ । कुमामोतोका १७ वटा नगरपालिकामा १०९ वटा आश्रय शिविर बनाइएको छ ।

कुमामोतोको कुमा नदीमा पानीको स्तर निकै माथि आइसकेको भन्दै उद्धार र राहतका लागि जापानी सेना परिचालन गरिएको छ । कुमा नदीले ठाउँठाउँमा तटबन्धहरु फुटाएर शहरतिर पानी पसेकाले पनि उद्धारमा कठिनाइ आएको छ । नगरमा बुलेट रेलसेवा स्थगित गरिएको छ ।  एजेन्सी