२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस-एमालेसहितको गठबन्धन प्रति चिनियाँ सरकार सकारात्मक: मन्त्री भण्डारी



अ+ अ-

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कांग्रेस–एमालेसहितको गठबन्धनप्रति चिनियाँ सरकार सकारात्मक रहेको र खुसी व्यक्त गरेको बताउनु भएको छ ।

आज (सोमबार) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितको टोली चीनको १० दिने भ्रमण सकाएर स्वदेश फिर्ता हुने क्रममा भ्रमण टोलीमा रहनु भएका मन्त्री भण्डारीले यस्तो जानकारी दिनु भएको हो । मन्त्री भण्डारीले दुई ठूला दल सम्मिलित कांग्रेस–एमालेसहितको स्थायी सरकारले मात्रै आजको अभिभार पूरा हुनसक्ने कुरामा चिनियाँ पक्षको धारणा रहेको बताए ।

मन्त्री भण्डारीकाअनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा चीन–नेपालबीचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृति सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताउनु भयो । उहाँले चीन–नेपालबीचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले सभामा मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुभयो । हाम्रा साझा भावहरु अन्तर्राष्ट्रिय समूदायमा सम्प्रेषण गर्ने एउटा महत्वपूर्ण फोरमको रुपमा रह्यो । त्यसैगरी चिनियाँ पक्षबाट सम्माननीय पूर्वराष्ट्रपतिज्यूलाई न्यानो आथित्यतासहितको उच्चस्तरको भेटवार्ता पनि भयो । चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कँग्रेसका उपाध्यक्षज्यु, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका विभाग प्रमुखज्यु लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ताहरु भयो । खासगरी नेपाल–चीनबीचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबीचका साझा मान्यताहरु, समझदारी र सम्झौताहरु समेत पुर्नताजगि गर्ने भ्रमणका रुपमा रह्यो । यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कुटनीतिहरुका विषयमा समेत छलफल आदान प्रदान भयो । विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने विषयमा समेत प्रतिवद्धता व्यक्त भएको छ ।’

मन्त्री भण्डारीले भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुद बनाएको बताउनु भयो ।उहाँले विकास र दुई पक्षीय हितसँग जोडिएका कतिपय सन्दर्भहरुलाई आफूहरुले विभिन्न फोरमहरुमा स्पष्टताको साथमा राखेको पनि बताउनु भयो ।