९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाली झण्डा फहराउँदै कोलोराडोमा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न

नेपाली झण्डा फहराउँदै कोलोराडोमा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न
अ अ+ अ-

अरोरा। अमेरिकाको कोलोराडोमा नेपालको झण्डा फहराउँदै नेपाली संस्कृति तथा नेपालीपन झल्काउने ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार अमेरिकाको बोल्डर शहरमा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको मुख्य आयोजनामा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको हो ।

अमेरिकामा ‘नेपाल परेड डे’ कार्यक्रमको स्थापना पहिलोपटक सन् २००४ मा कोलोराडोमा सुरु गरिएको हो । रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालका पूर्वअध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा सन् २००४ मा सुरु भएको ‘नेपाल परेड डे’ कार्यक्रमलाई अमेरिकामा पहिलोपटक बोल्डर सहरको काउन्टी कार्यालयले औपचारिक रुपमा मान्यता दिएको थियो ।

त्यसयता हरेक वर्ष मनाउँदै आएको नेपाल परेड डे कार्यक्रम यस वर्ष पनि भव्य रुपमा सम्पन्न भएको रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले जानकारी दिए । उनका अनुसार बोल्डर लाइब्रेरीको प्राङ्गणमा नेपाली पोशाकमा सजिएका नेपाली हातमा नेपालको झण्डा, नेपाली बाजा तथा नेपाली समुदाय आबद्ध संस्थाको ब्यानरमा बोल्डर सहर परिक्रमा गरेका थिए ।

कार्यक्रमको सुरुवातमा आयोजित औपचारिक कार्यक्रममा नेपाल परेड डेका संस्थापक नारायण श्रेष्ठले प्राकृतिक रुपमा सुन्दर रहेको कोलोराडो राज्यमा नेपालीको संख्या बढ्दै गएपछि नेपाल सम्झिन र नेपालको संस्कृति नयाँ पुस्तामाझ फैलाउन नेपाल परेड डे कार्यक्रमको सुरुवात गरिएको बताए । कोलोराडोमा सुरु गरेपछि अहिले अमेरिकाका सबैजसो राज्यमा नेपाल परेड डे कार्यक्रम मनाउन थालिएको पनि उनले बताए ।

‘कोलोराडोमा नेपाली समुदाय, भाषा, संस्कृतिका रुपमा नेपाल परेड डे कार्यक्रम हामीले सुरु गर्दा आज अमेरिकाका सबैजसो राज्यमा विस्तार भएको छ’ उनले कार्यक्रमको सुरुवाती समय सम्झिदै भने, ‘हामीले संसरको जुन देश पुगेपनि आफ्नो देश, आफ्नो माटो नेपाल बिर्सनुहुँदैन । नेपाली भाषा, संस्कृति र समुदाय बिर्सनुहुँदैन । यो प्रचलन नयाँ पुस्तामाझ पनि लैजानुपर्छ ।’

कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अग्रज व्यक्तित्व, युवा, विद्यार्थी तथा नेपाली समुदायका बालबालिकाको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सबैले नेपाल र अमेरिकाको झण्डा फहराउँदै नेपाल तथा अमेरिकाको संस्कृति आदानप्रदान पनि गरेका थिए । धेरैजसो सहभागी नेपाली पोशाकमा सजिदा नेवार समुदायका नेपाली भने नेवारी पोशाकसहित धिमे बाजा बजाउँदै कार्यक्रममा सहभागी भएका थिए ।

काठमाडौँ उपत्यकाको झल्को दिने बोल्डर सहरमा यसअघि अप्रिल महिनाको तेस्रो हप्ता गरिने नेपाल परेड डे कार्यक्रम यसपटक कार्यक्रमस्थल सो समयमा उपलब्ध नहुँदा जुन महिनाको पहिलो दिन मनाइएको हो ।