काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिफल, कोटेश्वर र बल्खुमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्दा अत्यावश्यक सेवा सार्वजनिक सेवा पूवाह र सार्वजनिक यातायात सञ्चाालनमा कठिनाइ भएको गुनासो आएपछि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
यो निषेधाज्ञा दुई महिनासम्म कायम हुने प्रशासनले जनाएको छ ।
यसअघि राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।











