काठमाडौँ । वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाइएको छ ।
गुठी संस्थानका कर्मचारीले भोटो देखाएका हुन् । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका पदाधिकारीहरु जावलाखेल पुग्नुभएको थियो ।











