२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको कुनै हैसियत नभएको बताउनुभएको छ ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकारलाई गणतन्त्र बचाउने इक्षाशक्ति नरहेको बताउनु भयो । गफ हाँक्ने बाहेक सरकारले कुनै काम गर्न नसकेको बताउनु भयो । उहाँले आफूहरुले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौं कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको जिकिर गर्नुभयो । एमालेको अहिले देश, दुनियाँमै बेइज्जत भएको उहाँको आरोप छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘यो सरकारको त केही हैसियतै छैन । यसको कुनै हैसियत नै छैन । यसको इक्षाशक्ति पनि छैन । हैसियत पनि छैन । गफ हाँक्ने बाहेक केही छैन । उनीहरुले गफ गरे । हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखयौँ । यिनीहरुले गफ गरे काठमाडौं कब्जा, लाजैमर्नु । गफ गरे काठमाडौं कब्जाको । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरुलाई केही मतलवको कुरा छैन । यो जिम्मेवारी लिने हामीले नै हो ।’

अध्यक्ष दाहालले जनतालाई सही कुराको प्रचार गर्न स्वयंसेवक खटाउनुपर्ने बताउनु भयो ।