१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको कुनै हैसियत नभएको बताउनुभएको छ ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकारलाई गणतन्त्र बचाउने इक्षाशक्ति नरहेको बताउनु भयो । गफ हाँक्ने बाहेक सरकारले कुनै काम गर्न नसकेको बताउनु भयो । उहाँले आफूहरुले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौं कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको जिकिर गर्नुभयो । एमालेको अहिले देश, दुनियाँमै बेइज्जत भएको उहाँको आरोप छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘यो सरकारको त केही हैसियतै छैन । यसको कुनै हैसियत नै छैन । यसको इक्षाशक्ति पनि छैन । हैसियत पनि छैन । गफ हाँक्ने बाहेक केही छैन । उनीहरुले गफ गरे । हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखयौँ । यिनीहरुले गफ गरे काठमाडौं कब्जा, लाजैमर्नु । गफ गरे काठमाडौं कब्जाको । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरुलाई केही मतलवको कुरा छैन । यो जिम्मेवारी लिने हामीले नै हो ।’

अध्यक्ष दाहालले जनतालाई सही कुराको प्रचार गर्न स्वयंसेवक खटाउनुपर्ने बताउनु भयो ।