५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन्



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाउनुभएको छ ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाउनुभएको हो ।

उहाँले नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा सबैलाई स्पष्ट रहेको बताउनु भयो । नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरु नै भएको आरोप उहाँको छ । राजाहरुले नै मूर्ति चोरेर विदेशमा पु¥याउने गरेको आरोप लगाउँदै तस्करका नायिकेहरु तत्कालीन समयका राजा नै भएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘जनताको मन मस्तिष्कमा त छ, नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा । तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले । अनि एकथरी नयाँ युवाहरुलाई विचरा थाहा छैन । उनीहरुलाई भर्खर शान्ति सम्भmौतापछि जन्मिएर अब उमेर पुगेका, भोट हाल्ने भएका युवाहरुलाई त राजाले के ग¥यो, नमिता, सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाईहरु र राजाहरुले नै गरेको भन्नेकुरा उनीहरुलाई थाहा छैन । त्यो तपाईं हामीले भनिदिनुपर्ने हुन्छ जनतालाई । यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका । मूर्ति चोरेर विदेशमा पु¥याउने को हुन् ? भनिदिनुप¥यो जनतालाई । तस्कारका नायिकेहरु को हुन्, भनिदिनुप¥यो जनतालाई । नारायणहिटी हत्यकाण्डका नायिकेहरु को हुन् ? भन्नकुरा भनिदिनुप¥यो जनतालाई ।’

अध्यक्ष दाहालले स्वास्थ्यको क्षेत्रमा यो भएन, त्यो भएन भनेर बोल्ने कुनै नैतिक अधिकार राजावादीहरुलाई नभएको बताउनु भयो ।