काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँले वृद्धि गरिएको छ। वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा १५८ रुपैयाँ र चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी तथा वीरगञ्जमा पेट्रोल १५६ रुपैयाँ ५० पैसा कायम भएको छ।
त्यस्तै, काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा १४२ रुपैयाँ र चारआलीसहित अन्य क्षेत्रहरूमा १४० रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
यता, हवाइ इन्धनको मूल्य भने घटाइएको छ। आन्तरिक उडानका लागि प्रति लिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको निगमले जानकारी दिएको छ।











