२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने



अ+ अ-

काठमाडौं। विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।

निर्देशकले भने, “हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।”

उनले थप भने, “अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा ‘महाभोज’ हेर्न नबिर्सिनु होला ।”

केही दिनअघि यो चलचित्रको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो, जहाँ चलचित्र हेरेका दर्शकहरूले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए । यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो ।

चलचित्र ‘महाभोज’ मा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ। यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ ।क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।