१५ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घद्वारा घटनामा संलग्नलाई कानूनी कारवाहीको माग



अ+ अ-

कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ । आइतबार समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी–५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हातपात र गालीगलोज गरेको भन्दै निजद्वयलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हातपात र गालीगलोज गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।