२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा कुरा नमिलेपछि स्थायी समिति बैठक फेरि स्थगित



अ+ अ-

काठमाडौँ । नेकपामा सहमति हुन नसकेपछि स्थायी समितिको बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी र सरकारबाट हट्न स्थायी समितिमा बोल्ने अधिकांश सदस्यहरुले माग गरिरहेका थिए । त्यसैले पार्टीभित्र सहमति कायम गरेपछि मात्र स्थायी समितिको बैठक बस्ने भन्दै यो बैठक स्थगित हुदै आएको छ । 

पछिल्लो पटक बैठक आज ११ बजेका लागि राखिएको थियो । तर आज अन्तिम समयमा आएर सो बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको सूचना नेकपाले जारी गरेको छ । 
विभाजनको उत्कर्षमा पुगेको नेकपामा सहमति खोज्ने प्रयास भने जारी छ । सोही प्रयासस्वरुप हिजो पनि दुई अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो । 

हिजोको सो छलफल निष्कर्षमा पुग्न नसकेपछि आज फेरि दुवै पक्षबीच छलफल हुने बताइएको छ ।